नियम
१ परामर्श उपलब्ध गराउने
ः (१) आयोगले नेपाल सरकारबाट माग भएको परामर्श
उपलब्ध गराउनु पूर्व आवश्यकता अनुसार छलफल, परामर्श वा अनुसन्धान
गराउनेछ ।
(२) आयोगले उपयुक्त ठहराएको उच्च शिक्षाका विषयमा नेपाल
सरकारबाट चालिनु पर्ने कदम बारेमा समय समयमा परामर्श, सुझाव उपलब्ध
गराउन सक्नेछ ।
(३) आयोगले परामर्श उपलब्ध गराउने प्रमुख विषयहरु निम्न हुनेछन ः
(क) नयाँ विश्वविद्यालयको स्थापना गर्ने विषय ।
(ख) उच्च शिक्षा नीति निर्धारण वा संशोधन गर्ने विषय,
(ग) विश्वविद्यालय वा शिक्षण संस्थाहरुलाई उपलब्ध गराउनु पर्ने
अनुदानसम्बन्धी विषय,
(घ) आयोगले उपयुक्त ठहराएका वा
(ङ) नेपाल सरकारद्वारा माग गरिएका विषय ।